आजको भोलि नै मन्त्रीमण्डल हेरफेर हुने सम्भावना छैनः मन्त्री महासेठ

६ बर्ष अगाडि

 भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले तत्काल मन्त्रिमण्डल हेरफेर हुने कुनै सम्भावना नरहेको बताएका छन् ।

पछिल्लो १३/१४ महिनादेखिमन्त्रिमण्डल परिवर्तन हुने भनेर दिनहुँ मिडियाले लेखेकाे भएपनि तत्काल हेरफेरकाे सम्भावना नरहेको उनले बताए ।

'हुन त यो अधिकार प्रधानमन्त्रस्को अधिकारक्षेत्रभित्र पर्छ , उहाँले चाहेकै दिन मन्त्रिमण्डल चेन्ज हुन्छ', शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने 'तर, अहिले सम्भावना देखेको छैन ।’

मन्त्री महासेठले अहिले मन्त्रिमण्डल हेरफेरकाे त्रास देखिएको र सरकारलाई कमजोर पार्नको लागि यस्तो हल्ला भैरहेको पनि दाबी गरे । 

‘मन्त्रिमण्डल हेरफेर र सरकार परिवर्तन हुँदैछ भनेर सरकारको प्रगति र कामदेखि धेरै खुशी नहुने साथीहरुले हल्ला गर्नुभएको हो', उनले भने  'नेपालभित्र सबै यो सरकारको समर्थनमा पनि छैनन् र उनीहरुको उद्देश्य सरकार छिटो ढलोस भन्ने होला । तर, त्यो सम्भावना छैन ।’

मन्त्री महासेठले जनताले अब विकासको अनुभुति गर्न सक्ने समेत दाबी गरेका छन् ।  

त्यस्तै, उनले आफ्नो मन्त्रालयमा व्यापक सरुवा भयो र आर्थिक चलेखले भयो भन्ने आरोप लागेको बारेमा पनि खण्डन गरे ।

६ बर्ष अगाडि

प्रतिक्रिया