केपी ओली र प्रचण्डले देश कब्जा गर्न खोजे : पौडेल

६ बर्ष अगाडि

नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले केपी ओली र प्रचण्डले देश कब्जा गर्न खोजेकाे आरोप लगाएका छन् ।

नेकपाले हरेक क्षेत्रमा राजनीतिक हस्तक्षेप गरेको भन्दै उनले सरकारले हरेक क्षेत्रमा एकाधिकार बढाउने कोशिश गरेकाे बताए ।

‘अदालत, प्रसासन, प्रहरीमा राजनीतिकरण गरिएको छ ,मानवअधिकार,अभिब्यक्ति स्वतन्त्रतामाथि धर्म संस्कृतिमाथिको हस्तक्षेप अस्वीकार्य छ ,’  बुटवलमा आज बिहान रिपोर्टर्स क्लव नेपाल प्रदेश ५ द्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै  पौडेलले भने ।  

सरकारले राजनीतिप्रति बितृष्णा पैदा गर्ने, कानुन उल्लंघन गर्ने, सत्ताको आडमा अराजकता मच्चाउने कामको कांग्रेसले बिरोध गर्ने उनकाे भनाइ छ । 

काग्रेस भएसम्म अभिब्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप सम्भब नभएको दाबि गर्दै नेता पौडेलले, लोकतान्त्रिक मुल्य मान्यता र थिती बसाल्न ,संस्कार र संस्कृतिको जगेर्ना गर्न कांग्रेसबाट मात्रै सम्भव हुने धारणा राखे । 

भर्खरै  चिनीया राष्ट्रपतिको नेपाल भ्रमण सकिएको र त्यसपछि  सत्ताधारी नेकपाले सी बिचार नै आयात गर्न खोजेको उनको आरोप छ ।

‘मौलिकता फेरेर कसैको चाकडी नगरौं, सी बिचार नै आयात गरेर कुनैपनि छिमेकी खुसी हुदैनन् उनीसंग नजिक भइदैन, चीनले बिना स्वार्थ नेपालमा लगानी गर्दैन’, पौडेलले भने ।

देशमा हस्तक्षेप बढाउने गरि कसैले कोहिसंग सहमति गर्न नहुनेमा जोड दिँदै उनले भारत र चीनसंग राम्रो सम्बन्ध बनाउनुपर्ने तर त्यसअघि नेपालका दलसंग छलफल गरेर राजनैतिक सहमति बनाउनुपर्ने  बताए ।

सरकारको कामको मुल्यांकन, कांग्रेसको हिसाबकिताब यहि उपचुनाबले गर्ने पौडेलको भनाइ छ ।

एक अर्काे प्रसंगमा नेता पाैडेलले फौजदारी अभियोग लागेका सांसदको निश्पक्ष अनुसन्धानमा कांग्रेसको सहयोग रहने बताए । 'कोहि अपराधि,कोहि भ्रष्टाचारी,कोहि बलात्कार भएपनि जोगिने ? अरुलाइ मात्रै कानुन लाग्ने ?' पाैडेलले भने ,  ‘ राजनैतिक पूर्वाग्रह साँधिएको घटनामाथि निश्पक्ष छानबिन होस् ’, 

६ बर्ष अगाडि

प्रतिक्रिया