प्रधानमन्त्री केपी शर्मा ओलीले आज बाकुस्थिति अतेस्गाह मन्दिरको अवलोकन गरेका छन्। सत्रौँ र अठारौँ शताब्दीमा बनेको र हिन्दू,शिख तथा जोरोअस्ट्रियनले पूजा गर्ने पाँचकुने यस मन्दिरलाई बाकुको अग्नी मन्दिर पनि भनिन्छ ।
प्रधानमन्त्री ओली असंलग्न आन्दोलनको राष्ट्र तथा सरकार प्रमुखहरुको अठारौँ शिखर सम्मेलनमा सहभागी हुन बाकु आइपुगेका हुन्न् । उनका साथमा उनकी धर्मपत्नी राधिका शाक्य,परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली,प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल,परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई,परराष्ट्र सचिव शङ्करदास वैरागी,नेपालका लागि संयुक्त राष्ट्रसङघका स्थायी प्रतिनिधि अमृत राई र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू रहेका थिए।
प्रतिक्रिया