चितुवाको छालासहित दुई पक्राउ

६ बर्ष अगाडि

रुकुमपश्चिममा संरक्षित वन्यजन्तुको छालासहित दुई जनालार्ई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका–१४ का २१ वर्षीय अर्जुन भनिने छाँया विक र घोराही उपमहानगरपालिका–१२ दाङका १९ वर्षीय गणेश नेपाली रहेका छन् । 

जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले मुसिकोट नगरपालिका–७ को बैरीदहस्थित मध्यपहाडी लोकमार्गबाट चितुवा अङ्ग ९ओखेटोपहार० छालासहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सुमित खड्काले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिए। उनका अनुसार पक्राउ परेका दुवैलाई शङ्कास्पद अवस्थामा बाटोमा आउँदै गरेको फेला पारी निजहरुको तलासी गर्दा सेतो रङको प्लाष्टिक बोराभित्र चितुवाको छाला फेला परेको बताइएको छ ।
 
पक्राउ परेका दुवैलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला वन कार्यालयमा बुझाइने प्रहरी नायब उपरीक्षक खड्काको भनाइ छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया