काठमाडौं– सन् १९६६ को विश्वविजेता इङ्ल्याण्ड विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सन् १९९० मा इटालीमा भएको विश्वकपमा सेमिफाइनलमा पुगेको इङ्ल्याण्डलाई यो तहसम्मको सफलता हात पार्न त्यसपछि २८ वर्ष कुर्नुपर्यो ।
इङ्ल्याण्डले शनिबार राती सम्पन्न खेलमा स्वीडेनलाई २–० गोल अन्तरले पराजित गर्दै २८ वर्षपछि अन्तिम ४ मा आफ्नो स्थान सुरक्षित गर्न सफल भएको हो ।
रसियाको सामरा एरिना रंगशालामा सम्पन्न खेलमा इङ्ल्याण्डका खेलाडी ह्यारी माग्युरीले ३० औं मिनेटमा पहिलो गोल गरे । फरवार्ड योङ्गले दिएको पासलाई सदुपयोग गर्दै उनले गोल गरेका हुन् ।
यसैगरी खेलको लिंगडको पासमा दाली अलीले दोस्रो गोल गरे । उनले खेलको ५८ औं मिनेटमा गोल गरेका हुन् । स्वीडेन भने हारसँगै क्वाटर फाइनबाटै घर पकिएएको छ । ४ मा स्थान सुरक्षित गरेको इङ्ल्याण्डले अब सेमिफाइनलमा रसिया र क्रोएसियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
सन् १९९० मा इङ्ल्याण्ड सेमिफाइनलमा जर्मनीसँग पेनाल्टी सुटआउटमा ४–३ ले पराजित भएको थियो ।
प्रतिक्रिया