होटलमा एक दिन बसेको ४५ लाख नेपाली रुपैयाँ, सुनको ओछ्यान !

६ बर्ष अगाडि

एजेन्सी –  अमेरिकाको न्यूयोर्क शहरमा रहेको टिवाई वार्नर पेन्टहाउस दक्षिण अमेरिकाकै सबैभन्दा महँगो होटलको रुपमा चिनिन्छ ।

सुनको बिस्तारा राखिएको त्यो होटलमा बस्न एक रातको ४५ हजार डलर अर्थात् ४५ लाख बढी नेपाली रुपैयाँ तिर्नुपर्छ ।

होटलले यो मुल्यमा एक रुपैयाँपनि छुट दिंदैन । होटलको मुख्य बिशेषता भनेको ७०० फिटको उचाईमा रहेका कोठाबाट म्यानहटन सुन्दर दृश्य नियाल्नु नै हो ।

साथै होटलमा बसुन्जेल ग्राहकलाई एकजना निजी सहायक अर्थात् पिए तथा शहर घुमाउन एकजना ड्राइभर समेत उपलब्ध हुनेछ । होटलको तान्नालाई २२ क्यारेटको सुनले बुनिएको समेत बताइएको छ ।

खबरहब बाट

६ बर्ष अगाडि

प्रतिक्रिया