उमेर हदबन्दी उल्ट्याउन कर्मचारीको चलखेल

७ बर्ष अगाडि

निजामती कर्मचारीको उमेर हद ५८ नै कायम गर्ने संघीय मामिला तथा सामान्य प्रशासनको मन्त्रालयकोे निर्णयलाई उल्टाउन उच्चपदस्थ कर्मचारीहरु खुलेर लागेका छन् ।

निजामती कर्मचारीको उमेर ५८ कायम गर्ने संघीय मामिलाको निर्णय उल्टाउन उच्चपदस्थ कर्मचारी अर्थमन्त्री डा. युवराज खतिवडालाई समेत प्रभावित गर्न सफल भएका छन् ।

संघीय मामिलाले संघीय निजामती संघको गठन सञ्चालन र सेवाका सर्तहरुको व्यवस्था गर्न बनेको प्रस्तावित विधेयकको दफा ५० मा अवकाश पाउने उमेर हद ५८ कायम गरेको थियो । त्यस सम्बन्धमा सामान्यले राय लिँदा अर्थ मन्त्रालयले उमेर हद ६० वर्ष बनाउनुपर्ने सर्तलाई समावेश गरेर विधेयकलाई अघि बढाउन सहमति प्रदान गरेको छ । अर्थमन्त्री डा. खतिवडाको अध्यक्षतामा बसेको बैठकले अवकाशको उमेर हद ६० बनाएर मात्र विधेयक पारित गर्नुपर्ने भनेको हो ।

सरकारमाथि थपिँदै गएको निवृत्तिभरणको बोझ, औसत आयुमा भएको वृद्धि, सबै तह र सेवामा देखिएको अवकाशित उमेरको विविधता, प्रदेश र स्थानीय तहको नयाँ संरचनामा अनुभवी कर्मचारीको आवश्यकता समेतलाई दृष्टिगत गरी अवकाशको उमेर हद ५८ बाट ६० वर्ष कायम गर्ने भनेको हो । अर्थले दिएको सहमतिपत्रमा उमेर हद बढाउँदा वृत्ति विकासलाई ध्यानमा राखेर १ वर्षपछि मात्र लागू हुने गरी वर्तमान प्रावधानमा थप्ने पनि भनिएको छ । नेपाल समाचारपत्रमा खबर छापिएकाे छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया