काठमाडौं, २३ असार -नेपालका पहाडी भेगमा पर्यटन व्यवसायका लागि केबलकार कम्पनी सञ्चालनको अनुमतिका लागि २३ कम्पनीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग अनुमति मागेका छन् ।नेपालमा केबलकारको सम्भावना देखिएपछि यी कम्पनीले पर्यटकीय स्थल रुट बनाएर सञ्चालन अनुमति माग गरेका हुन् । अनुमति माग्ने कम्पनीको संख्या बढ्न सक्ने मन्त्रालयले अनुमान गरेको छ ।अाजकाे राजधानी दैनिकमा खबर छापिएकाे छ ।
मन्त्रालयका प्रमुख विभागीय इन्जिनियर (सीडीई) ध्रुव श्रेष्ठका अनुसार अनुमति माग्ने कम्पनी मनग्य छन् । इलामको पाथीभरा दर्शन प्रालि, बूढानीलकण्ठदेखि शिवपुरी डाडाँसम्मको त्रिवेणी केबलकार, इलाम–पाथीभरा दर्शन, हिमाल दर्शन, दिव्यदर्शन, त्रिवेणी केबलकारलगायतका कम्पनी निर्माण चरणमा छन् । मौलाकालिका डेभलपमेन्ट, त्रिवेणी केबलकार, सगरमाथा रोपवे, लिक सेवा, मालिका रोपवे, मुुक्तिनाथ दर्शन, घ्याम्पेफेदी गोसाइकुुण्ड केबलकार, सिद्धेश्वर पर्यटन सहकारी, सिद्धबाबा केबलकार, गोसाइकुण्ड दर्शन प्रालि र शिवपुरी इकोटुरिजम एन्ड केबलकारलगायतका कम्पनीले मन्त्रालयसँग सञ्चालन अनुमति मागेका छन् ।
प्रतिक्रिया