सुन्धारास्थित शालिमार हस्पिटालिटीको गुलाब ब्राण्ड र त्रिपुरेश्वरको बाग्मती स्वीट्समा भेटिएको अखाद्य वस्तु सरकारी अनुगमन टोलीले नष्ट गरेको छ ।
शुक्रबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वाणिज्य विभाग र काठमाडौं महानगरपालिका तथा उपभोक्ता अधिकारकर्मी सम्मिलित संयुक्त टोली अनुगमनमा खटिएको थियो ।
गुलाब ब्राण्डले मिठाई बनाउन प्रयोग गरेको किरा लागेको २६ किलो बेसनको पिठो र १० किलो म्याद सकिएको बेसन फेला परेको हो । अनुगमन टोलीले सो बेसनका् पिठो जफत गरेर नष्ट गरेको छ ।
यस्तै मिठाई बनाउने स्थान निकै फोहोर राखिएको पाईएको छ ।
दशैंको मुखैमा कृषि तथा पशुपक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरी सम्मिलित अनुगमनमा पनि गुलाबको मिठाईमा अत्यधिक हानिकारक रङ्ग प्रयोग गरिएको पाइएको थियो ।
यस्तै त्रिपुरेश्वरको बाग्मती स्वीट्सबाट १० किलो सडेको मिठाई अनुगमन टोलीले जफत गरेको छ । भुसुना भरिएको चमचम नामको मिठाई जफतपछि नष्ट गरिएको अनुगमन टोलीले जनाएको छ ।
प्रतिक्रिया