एक अर्ब रुपैयाको ऋणपत्र जारी गदै प्रभु बैंक

६ बर्ष अगाडि

प्रभु बैंकले कात्तिक २१ गतेदेखि एक अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले १०.२५ प्रतिशत व्याजदरमा १० वर्षे अवधिको ऋणपत्र निष्काशन गर्ने भएको हो। 
एक अर्ब रुपैयाँको ऋणपत्रमध्ये ४० प्रतिशत सर्वसाधारणको लागि निष्काशन गरिने छ। 

सामुहिक लगानी कोषका लागि छुट्टाइएको ५ प्रतिशत अर्थात २० लाख कित्ता पनि सर्वसाधारणको लागि बिक्री गर्नेछ। बैंकले छिटोमा कात्तिक २५ गते र पहिलो चरणमा बिक्री नभए ढिलोमा मंसिर २० गतेसम्म बिक्री खुला गर्ने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटलले जनाएको छ। 

सर्वसाधारणले न्युनतम २५ कित्ता र अधिकतम चार लाख कित्तासम्मको लागि आवदेन दिन सक्ने छन्। जारी गर्न लागिएको उक्त ऋणपत्रले न्यून कर्जा जोखिम जनाउने ‘इक्रा नेपाल एल ट्रिपल बि’ रेटिङ प्राप्त गरेको छ। 

लगानीकर्ताले अर्धबार्षिक रुपमा २०८६ सम्म तोकिएको व्याजदरमा व्याज रकम प्राप्त गर्न सक्ने छन्। 

६ बर्ष अगाडि

प्रतिक्रिया