सार्वजनिक यातायतको भाडादर वैज्ञानिक बनाउन अध्ययन शुरु

६ बर्ष अगाडि

सरकारले सार्वजनिक यातायातको भाडादर निर्धारणलाई वैज्ञानिक बनाउन अध्ययन शुरु गरेको छ। 

अहिलेसम्म ३५ प्रतिशत पेट्रोलियम पदार्थ र ६५ प्रतिशत जनशक्तिवापत लाग्ने खर्च र सवारीसाधनमा प्रयोग हुने उपकरण लगायतलाई आधार बनाएर भाडादर निर्धारण गरिदै आएको छ ।

यो आधार ठीक हो–होइन भनी निक्र्यौल गर्न अध्ययन थालिएको यातायात व्यवस्था विभागले जनाएको छ।

एक दशक पहिलेदेखि शुरु भएको भाडादरको आधारमा पुनरावलोकन गर्न लागिएको यातायात व्यवस्था विभागले जनाएको छ।

अहिलेसम्म सरकारले १८ सूचकलाई आधार बनाएर भाडा निर्धारण गर्दै आएको थियो। ती सूचकहरु बढ्न वा घट्न सक्ने उनको भनाइ थियो। 

भाडा निर्धारण सूचकमा पुनरावलोकन भएपछि मात्रै भाडा समायोजन गरिने भएको छ । 

यातायात व्यवसायी महासङ्घले सरकारले समयसमयमा भाडा समायोजन गर्नुपर्नेमा जोड दिँदै आएको थियो। पेट्रोलियम पदार्थका मूल्यलाई आधार बनाएर भाडा समायोजन भए पनि सवारी साधनका उपकरण र जनशक्तिको सुविधाका आधारमा लामो समयसम्म भाडादर समायोजन हुननसकेको बताइएको छ। 

६ बर्ष अगाडि

प्रतिक्रिया