आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ

६ बर्ष अगाडि

आफ्नै आमाको हत्या गरेको अभियोगमा नवलपरासीको सरावल गाउँपालिका ३ गोहीनीबाट शुक्रबार बिहान एक जनालाई पक्राउ गरेको छ ।

६५ वर्षीया कैलाशी देवी लोनीयालाई कुटपिट गरी हत्या गरेको अभियोगमा ४४ वर्षीय दीर्घ नारायण लोनियालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

गत असोज ३० गते घरायसी विबादका क्रममा दीर्घ नारायणले कुटपिट गर्दा बिरामी भएकी कैलाशीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कैलाशीलाई जिल्ला अस्पताल परासीबाट थप  उपचारको लागि गौतम बुद्ध मुटु अस्पताल बुटवल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । 

६ बर्ष अगाडि

प्रतिक्रिया