भुमी, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालका श्रीमान र छाेरीलाई चीन भ्रमणकाे क्रममा व्यवस्थापनमा समस्या भएकाे घटना सार्वजनिक भएकाे छ ।
गतसाता गरिवी निवारणसम्बन्धी एक कार्यक्रममा भाग लिन परिवार लिएर पुगेकी मन्त्री अर्याललाई आफ्ना श्रीमान र छोरीकाे भ्रमण व्यवस्थापनमा समस्या भएकाे घटना त्यहाँका नेपालीहरूले सार्वजनिक गरेका हुन्।
कार्यक्रममा सरकारका तर्फबाट निमन्त्रणा गरिएपछि आयोजकले मन्त्री अर्याललाई मात्र गाडी र बसाेबासकाे व्यवस्था गरेकाे थियाे । तर उनले श्रीमान र छोरी समेत छुट्टै गाडी र होटलमा थप कोठाको व्यवस्था गर्न माग गरेकी थिइन् ।
मन्त्रीलाई मात्र होटल र गाडिको व्यवस्था गरेकाे भएपनि मन्त्रीले परिवारकाे व्यवस्थापन गर्न भनेपछि आयोजक पक्ष रुष्ट बनेको थियाे ।
‘नेपालमा कस्ता कस्ता मन्त्री छन् भन्दै आयोजक रिसाएकाे अवस्था देखियाे', ती नेपालीले आफ्नो नाम नखुलाइदिने शर्तमा भने, ‘हाम्रा देशका मन्त्रीहरुको यस्तै व्यवहारले गर्दा छिमेकीहरुले हेप्ने गर्छन ।’
आयोजकले गाडि र होटलको थप व्यवस्था गर्न नसक्ने जावाफपछि मन्त्री अर्यालले चीनका लागि नेपाली राजदुत लिलामणी पौडेलसँग समस्या राखेकी थिइन् ।
मन्त्रीको आग्रहपछि राजदुत पौडेलले मन्त्रीका श्रीमान र छोरीलाई गाडी र होटलको व्यवस्था मिलाएका थिए ।
मन्त्री अर्यालको परिवार बेइजिङबाट हङकङ गएको थियो ।
प्रतिक्रिया