मोहम्म अफ्ताव आलम पक्राउको विरोधमा नेपाली काँग्रेसका कार्यकर्ताले कालोपटीसहित प्रदर्शन गरेका छन् ।
सरकारले आलमलाई झुठ्ठा मुद्दामा फसाउन खोजेको भन्दै शुक्रबार काँग्रेस कार्यकर्ताहरुले जिल्ला सदरमुकाम गौरमा मुखमा कालोपटी बाँधेर मौन प्रदर्शन गरेका हुन् ।
नेपाली काँग्रेस जिल्ला कार्य समितिले भोली बिहान ११ बजे गौरमा मौन प्रदर्शन गर्ने निर्णय गरेको छ ।
गत असोज २६ गते बम बिस्फोटमा परि घाईते भएकालाई जिउदै ईटाभट्टामा जलाएको अभियोगमा प्रहरीले आलमलाई पक्राउ गरेको थियो ।
प्रतिक्रिया