काठमाडौं– विश्वकपको सेमिफाइनल प्रवेशका लागि शनिबार बिहान सम्पन्न खेलमा ब्राजिल बेल्जियमसँग २–० ले पराजित भएको छ ।
रोमाञ्चक क्वाटरफाइनल खेलमा ब्राजिलका फर्नान्डिन्होले खेलको १३ औं मिनेटमा आत्मघाती गोल गरेसँगै टीम १–०को अवस्थामा पुग्यो । यसैगरी खेलमा फर्कने प्रयास गर्दैगर्दा फेरि ३१ औं मिनेटमा अर्को गोल खायो । बेल्जियमका लागि ३१ औं मिनेटमा केभिनले गोल गर्दै टोलीलाई २–०को अवस्थामा पुर्याएका हुन् ।
यस्तै खेलको ७६ औं मिनेटमा ब्राजिलका रेनातोले सान्त्वना गोल गरे । त्यसपछि एकपछि अर्को गर्दै बेल्जियमको पोस्टमा ब्राजिलले बल प्रहार गरेपनि गोल हुन सकेन र ब्राजिल क्वाटर फाइनलबाटै घर फर्किन बाध्य बन्यो ।
सेमिफाइनलमा बेल्जियमले फ्रान्सको सामना गर्नेछ ।
प्रतिक्रिया