ग्लोबल आईएमई बैंकका १० शाखाले तिहारको समयमा पनि बैंकिङ्ग सेवा दिने भएका छन् ।
ग्राहकको सुविधालाई ध्यान दिँदै कार्तिक १० र ११ गते उपत्यका भित्र र बाहिरका १० शाखामा कारोबार हुने बैंकले जनाएको छ ।
बैंकका अनुसार तिहार बिदाको समयमा उपत्यका भित्रका तीन शाखा र बाहिरका ६ शाखा खुल्ने छन् ।
बैंकको कान्तिपथ शाखा आईतबार, सोमबार र मंगलबार तीन दिन नै खुल्ने छ ।
त्यसैगरी न्यूरोड, लगनखेल, चावहिल, बाग्लुङ्ग, बुटवल, नारायणगढ, पोखरा (न्यूरोड) विराटनगर र वीरगंज शाखा आईबार र सोमबार खुल्ने बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया