नेपाली घरआँगन फूल, झिलिमिली बत्ती, रँगरोगनले झमिझकाउ देखिन थालेको छ । बजार थरिथरीका फूल, माला, बत्ती, फलफूल, भाईमसला तथा मिठाईले भरिनुका साथै सामान किनमेल गर्ने ग्राहकको भिडभाड बढ्दै गएको छ ।
तिहारको झिलीमिली, रमाईलो र आवस्यता पूरा गर्नका लागि ६ अर्ब २७ करोड ४० लाख बराबरको सामाग्री आयात गरिएको छ ।
तिहारका लागि आवस्यक पर्ने मूख्य तीन वस्तु फूल, मसला र बत्ति मात्रै रु ६ अर्ब २७ करोडको विदेशबाट आयात गरिएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ ।
यो अघिल्लो आर्थिक वर्षको तुलनामा १ अर्ब ४७ करोड ०७ लाखले बढी हो । अघिल्लो बर्ष यहि अबधिमा ४ अर्ब ८० करोड ३२ लाखका आयात भएको थियो ।
फूल २५ करोडको
तिहारमा लगाउने मालाका लागि फूलमात्रै २५ करोड बराबरको आयात भएको फ्लोरिकल्चर एसोसियसनको तथ्यांक रहेको छ । यो वर्ष २५ लाख मालाको माग हुने अनुमान गरिएको छ ।
गत बर्ष तिहारका लागी २० करोडका बिभिन्न जातका फूलको आयात गरि १७ लाख माला खपत भएको थियो । यो बर्ष २५ करोड बराबरको फुलको आयात हुने छ । फूलको माग बर्षैपिच्छे बढ्दै गएको भएता पनि उत्पादनमा खासै बृद्धि हुन नसकेको फूल ब्यवसायीहरु बताउँछन । फूलको आयात बर्षिक रुपमा रु ५ करोडका दरले बढ्दै गएको आँकडा छ ।
तर यो वर्ष भने तिहारमा २० प्रतिशत मात्रै फूल आयात गरिने र बाकी ८० प्रतिशत स्वदेशी उत्पादनले धान्ने अनुमान गरिएको छ । स्थानिय फूलहरु सबै तिहारका लागी प्रयोग हुने भएकाले पनि यो बर्ष आयात घट्ने भएको हो ।
यो तिहारमा २२ लाख तयारी माला किनबेच भई १३ करोड सम्मको मालाको कारोबार हनुे अनुमान छ ।
नेपालमा व्यावसायिक रूपमा ४५० प्रजातिका फूल उत्पादन हुन्छन् । व्यवसायीक रुपमा करिब करिब ७०० जनाले १५७ हेक्टर क्षेत्रफलमा फूल खेती गर्दै आएका छन् ।
पुष्प ब्यवसाय नेपालमा वि.सं २००७ देखि सुरु भएको हो ।
६० करोडको विद्युतीय बत्ती
तिहारलाई झिलीमिली बनाउन रु ६० करोड बराबरको बत्ति सहित विद्युतीय समाग्री आयत भएको छ ।
आयात भएकोमध्ये ९० प्रतिशत चिनबाट र १० प्रतिशत मात्रै भारतबाट आयात गरिएको तथ्यांक छ । भारतबाट भन्दा चीनबाट आयात गरिएका बत्तिहरुको गुणस्तर राम्रो र आर्कषक हुने हुँदा चीनमा निर्मित बत्तिको माग बजारमा बढी भएको र सोहीअनुसार आयात भएको व्यवसायीहरु बताउँछन् ।
तिहारमा खास गरी रंगीबिरंगी झालर बत्ती, डिस्को लाइट, दियो लाइट, देवीदेवताका विद्युतीय मूर्ति, फोटोफ्रेम लगायत सामग्री आयात हुने गर्छन ।
घर सजाउनका लागी उपभोक्ताले झारल बत्तीको प्रयोग गर्ने गरेका छन । तिहारमा प्रयोग हुने यस्ता झारल बत्ती उपभोत्ताले बजारमा रु ५० देखि रु १ सय ५० सम्ममा किन्न सक्छन । तिहारमा घर झिलिमिली बनाउने ग्राहक मध्ये प्रायले रु ५० देखि २ सय प्रतिगोटाका बत्ती प्रयोग गर्ने भए पनि रु ५० हजार सम्म खर्च गरी घर झिलिमिली बनाउने उपभोक्तहरु पनि रहेका छन ।
साढे ५ अर्बको भाई मसाला
तिहारमा दिदीबहिनीले दाजुभाईलाई दिने भाईमसला पनि ठूलो परिणाममा विदेशबाटै आयात हुन्छ । दिदीबहिनीले भाईटिका लगाइदिएपछि भाईमसला तथा कपडा दिने गर्दछन् । दिदीबहिनीले दाजुभाईलाई दिने त्यही भाइमसला रु ५ अर्ब ४२ करोड ३९ लाख ६१ हजार रुपैयाँ बराबरको आयात गरिएको छ ।
भन्सार विभागका अनुसार यो अघिल्लो आर्थिक बर्षको तुलनामा रु १ अर्ब १० करोडले बढी हो । अघिल्लो बर्ष यहि अवधिमा रु ४ अर्ब ३२ लाख १४ हजार रुपैयाको भाई मसला आयात गरिएको भन्सार विभागको तथ्याङ्कले बताउछ ।
तिहारमा काजु, पेस्ता, किसमिस, ओखर, हाडेबदाम, नरिवल, मिस्री, छोकडा लगायतका सामग्री राखेर भाइमसलाको रुपमा दिइन्छ ।
तिहारका लागी आबश्यक पर्ने सामान किन्नका लागी उपत्यकाका मुख्य बजार असन, ईन्द्रचोक, भोटाहिटी लगायतका ठाँउमा सामान किन्नेको चहलपहल बढि हुने गरेको छ ।
भाईमसला, लक्ष्मिपुजाका समाग्री, कृतिम फूलका माला, झिलिमिली बत्ती आदिको माग बढि रहेको व्यबसायीहरु बताउछन ।
तिहारमा फूल, भाईमसला तथा बिधुतिय बक्तिहरुको माग उच्च रहने गरेको छ । तर माग अनुसारका उत्पादन नेपालमा हुन सकेको छैन । तिहारका लागी अत्याबश्यक यि सामाग्रीका लागी भारत, चिन वा अन्य मुलुकमा निर्भर हुनु परेको छ ।
प्रतिक्रिया