सडक मानवमुक्त महानगर घोषणा हुदैँ भरतपुर

६ बर्ष अगाडि

आज भरतपुर महानगरलाईअभिभावकविहीन सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषण गरिने भएको छ ।

 महानगरकी प्रमुख  रेनु दाहालले पत्रकार सम्मेल गरी उक्त जानकारी दिएकी हुन् । 

उनका अनुसार अनुसार ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा उक्त घोषणा कार्यक्रम हुने छ ।

त्यस्तै कार्यक्रम सुरु हुनु अघि पैदल र्‍याली समेत रहेको प्रमुख दाहालले जानकरी दिएकी छिन् ।

यस आर्थिक वर्षमा भरतपुरलाई सहयोगापेक्षी सडकमानव मुक्त महानगर घोषणा गर्ने महानगरको लक्ष्य बमोजिम यो कार्यक्रम हुन लागेका महानगर प्रमुख दाहालले बताएकी छिन्।

स्वयं आफ्ना लागि केही गर्न नसक्ने तथा पालनपोषण एवं हेरचाहको लागि परिवारका अन्य सदस्यहरु समेत कोही पनि नभई वेवारिसे असहाय सहयोगापेक्षी सडकमानवहरु रहित पहिलो महानगरको रुपमा भरतपुर महानगरपालिका घोषणाको अन्तिम तयारी भईरहनु भनेको समग्र भरतपुर महानगरबासीको लागि गर्वको विषय भएको उमको भनाइ थियो ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया