सर्वोच्च अदालतले बैतडीको पाटन बजारमा गेसपेपर किन्न आएकी पूजा बोहोरालाई बलात्कार गर्ने सागर भट्ट र अमर अवस्थीलाई ८ बर्ष पछि दोषी ठहर गरेको छ।
न्यायाधीश सपना प्रधान मल्ल र हरि फुयाँलको इजलासले उच्च अदालत महेन्द्रनगरको फैसला उल्ट्याउँदै उनीहरूलाई बलात्कारी ठहर छ ।
२०६८ चैत ७ एसएलसी परीक्षा दिन कैलापाल गाउँबाट पाटन बजारस्थित श्रीकृष्ण उच्च माध्यमिक विद्यालय पुगेकी बोहोरा गेसपेपर किन्न एक पसलमा गएकी थिइन्। त्यहीबेला भट्ट र अवस्थीले उनको बलात्कार गरेका थिए।
पसल नजिकैको नालीमा उनी अचेत अवस्थामा भेटिएकी थिइन्। उपचारपछि उनीमाथि बलात्कार भएको तथ्य खुलेको थियो।
प्रतिक्रिया