‘स्वतन्त्रता छ भन्दैमा नाङ्गै हिँड्न मिल्दैन’

६ बर्ष अगाडि

सरकारका प्रवक्ता तथा सुचना तथा सन्चारमन्त्री गोकुल बास्कोटाले स्वतन्त्रता छ भन्दैमा नाङ्गै हिँड्न नमिल्ने बताएका छन । 

बिहीबार मन्त्रालयमा गरिएको नियमित पत्रकार सम्मेलनमा उनले पछिल्लो समय परिवारका सदस्यसँग बसेर सुन्न नसकिने खालका गीत आएको  बताउदै ¥यापर भिटेन र दुर्गेश थापा पक्राउको बचाउ गरेका छन् 
उनले सरकारले गीत गाउनै नपाउने नभनेको बताउँदै दिदी बहिनी परिवारसँग बसेर गीत सुन्न सक्नुहुन्छ ? भनेर प्रश्न समेत गरे । 

मन्त्री बास्कोटाले भने– ‘जहाँसम्म थापाको पश्न उठ्यो । अब थापाले गर्ला, लामाले गर्ला, नेवारले गर्ला, बाहुनले गर्ला जसले गरुन कलाकारिता भनेको समाजको ऐना हो ।

कहिलेकाही त्यसले इतिहास पनि रचना गर्छ ।

गाउनै नपाउने भनेर हामीले भनेका छौँ र रु जे पनि गाउँछ भने तपाई आफ्नो दिदी भाई दिदी बहिनी परिवारसँग तिनले गाएको गीत सुन्न सक्नुहुन्छ रु सुन्न कति समाथ्र्य राख्नुहुन्छ रु कतै अनुहार लाजले रातोपिरो हुन्छ कि रु कतै मुख थुन्नुपर्ने जस्तो हुन्छ कि ? जुनसुकै समाजको एउटा मूल्य पद्धति हुन्छ, त्यसमा कसैले गल्ती नगरुन ।’ 

६ बर्ष अगाडि

प्रतिक्रिया