निजी क्षेत्रको हवाइ सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले आइतबारदेखि चीनको राजधानी सहरमा उडान सुरु गर्ने भएको छ।
हिमालय एयरलाइन्समा नेपाल र चिनको सँयुक्त लगानी रहेको छ ।
एयरलाइन्सले पुरानो पुरानै ए–३२० सिरिजको जहाजबाट यही कात्तिक १० देखि बेइजिङमा उडान गर्नलागेको हो।
उक्त उडानसँगै कम्पनी बेइजिङ उडान भर्ने पहिलो नेपाली हवाइ कम्पनी हुनेछ ।
हिमालय एयरलाइन्स उक्त गन्तव्यमा उडान अनुमति पाउने पहिलो कम्पनी हो।
हिमालयले चिनियाँ राजधानीको नवनिर्मित डाक्सिन इन्टरनेशनल विमानस्थलमा उडान भर्ने अनुमति पाएको हो। कम्पनीले बेइजिङपछि चाङ्सा, चोङकिङ, शेन्जेङ नाङचाङ, गुइयाङमा उडान विस्तार गर्ने तयारी गरिरहेको जानकारी दिएको छ ।
एयरलाइन्सले आईतबारदेखि काकाठमाडौं र बेइजिङलाई सिधा उडानमार्फत जोड्नेछ।
काठमाडौंबाट बेइजिङ पुग्न विमानलाई साढे पाँच घण्टा लाग्छ।
प्रतिक्रिया