महरालाई थप ७ दिन हिरासतमा राख्न अनुमति

६ बर्ष अगाडि

बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निर्वतमान सभामुख कृष्णबहादुर महरालाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

महरालाई अनुसन्धानका लागि आजदेखि लागू हुने गरी थप ७ दिन म्याद थप गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको हो ।

संसदकी महिला कर्मचारीले बलात्कार प्रयासको आरोप लगाएपछि महरा १९ असोसमा पक्राउ परेका थिए ।

पक्राउ परेपछि २ कार्तिकमा पहिलोपटक अदालत उपस्थित गराइउँदा अदालतले ५ दिन म्याद थपेको थियो ।

म्याद थपका लागि उनलाई अदालत उपस्थित गराइएको यो दोश्रो पटक हो ।

६ बर्ष अगाडि

प्रतिक्रिया