३३ तोला सुन लिएर फरार

६ बर्ष अगाडि

पोखरा - ३३ तोला सुन लिएर पोखराबाट एक जना भारतिय कामदार फरार भएका छन् ।

भारतको कलकत्ता घर भई हाल पोखरा ९ न्युरोडमा काम गर्ने उनी सुन लिएर फरार भएका हुन् ।

अन्दाजजी ३६।३७ वर्ष उमेरका भारतीय रञ्जन राजवंशी सुन लिएर फरार भएको प्रहरीले जनाएको छ ।

पोखरा ९ न्युरोडको ‘गोरखा एन्ड बराह ज्वेलर्स इन्डस्ट्रिज प्रा.लि.मा काम गर्दै आएका उनी सुन लिएर भागेका हुन् ।

पोखरा ८ सिर्जनाचोकमा रहेको गहना बनाउँने ठाउँमा सुन लिएर गएका उनी बाटोबाटै फरार भएको प्रहरीले जनाएको छ ।

सुन लिएर फरार हुने राजवंशीको खोजी भई रहेको प्रहरीले जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भई प्रहरीको भनार्य छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया