भोलीदेखि निर्वाचन आचारसंहिता लागू हुने, के गर्न पाइँदैन ?

६ बर्ष अगाडि

मंसिर १४ गते हुने उपनिर्वाचनको लागि भोलीदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । 

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यको निर्वाचन हुने जिल्ला, प्रदेश सभा सदस्यको निर्वाचन हुने जिल्ला र स्थानीय तह सदस्यको निर्वाचन हुने स्थानीय तहमा भोलीदेखि आचारसंहिता लागू हुने जनाएको छ ।

आचारसंहिता लागू भए देखि निर्वाचन सम्पन्न नभएसम्म प्रचार प्रसार, नयाँ कार्यक्रम, भवन, सवारी साधन वा अन्य सामग्री प्रयोग गर्न नहुने, पद सृजना, विज्ञापन, सुविधा वृद्धि र पुरस्कार दिन नहुने, सरुवा, बढुवा गर्न वा काज खटाउन नहुने, तटस्थ र निष्पक्ष रहनु पर्ने, विदेश भ्रमणमा जान नहुने र निर्वाचन सम्बन्धी जिम्मेवारी दिन नहुने आयोगले जनाएको छ । 

राजनीतिक दलको हकमा भोलीदेखि निर्वाचनको अन्तिम परिणाम प्राप्त नभएसम्म र उम्मेदवारको हकमा निर्वाचनको मनोनयनपत्र दर्ता भएको मिति देखि निर्वाचनको अन्तिम परिणाम प्राप्त नभएसम्म आचारसंहिता लागू हुने छ । 

आचार संहिता राजनीतिक दल र उम्मेदबारका साथै आमसञ्चारमाध्यम, निजी तथा गैर सरकारी संस्था, पर्यवेक्षक कर्मचारी लगायतलाई लागू हुने छ । 

आयोगले विज्ञप्ती जारी निर्वाचन आचार संहिता, २०७२ र स्थानीय तह निर्वाचन आचार संहिता, २०७३ र नीतिगत निर्णयका प्रावधानहरू गरी सबैका लागि छुट्टाछुट्टै आचारसंहिता तोकेको जनाएको छ ।  

आयोगको प्रेस विज्ञप्ती

प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तह सदस्यको रिक्त रहेको पदहरूमा नेपाल सरकार र निर्वाचन आयोगद्वारा मिति २०७६ साल मंसिर १४ गते सम्पन्न गर्ने गरी उपनिर्वाचन कार्यक्रम कार्यतालिका प्रकाशन गरी सकिएको छ।

आयोगले निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्नको लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ बमोजिम नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह तथा सरोकारवाला निकाय एवम् व्यक्तिले पालना गर्नुपर्ने निर्वाचन आचार संहिता, २०७२ तथा स्थानीय तह निर्वाचन आचार संहिता, २०७३ उपनिर्वाचनको लागि मिति २०७६ साल कार्तिक ८ गते शुक्रबारबाट लागू गरिएको छ । साथै, आयोगले नीतिगत निर्णय गरी थप प्रावधानहरू उपनिर्वाचनका लागि लागू गर्न र आवश्यक नदेखिएका निर्वाचन आचार संहिता, २०७२ का दफाहरू दफा ५ खण्ड ९ख० को ९१क०, दफा ५ खण्ड ९ख१० को ९३क० हाललाई स्थगन गर्ने निर्णय समेत गरेको छ । 

(क)     आचार संहिता लागू हुने विषय, अवधि र क्षेत्र :
१.  नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको हकमा प्रतिनिधि सभा सदस्यको निर्वाचन हुने जिल्ला, प्रदेश सभा सदस्यको निर्वाचन हुने जिल्ला र स्थानीय तह सदस्यको निर्वाचन हुने स्थानीय तहमा मिति २०७६।७।८ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म प्रचार प्रसारमा संलग्न नहुने, नयाँ कार्यक्रम गर्न नहुने, भवन, सवारी साधन वा अन्य सामग्री प्रयोग गर्न दिन नहुने, पद सृजना, विज्ञापन, सुविधा वृद्धि र पुरस्कार दिन नहुने, सरुवा, बढुवा गर्न वा काज खटाउन नहुने, तटस्थ र निष्षक्ष रहनु पर्ने, विदेश भ्रमणमा जान नहुने र निर्वाचन सम्बन्धी जिम्मेवारी दिन नहुने सम्बन्धी विषयहरू लागू गरिएको छ । 

२.  राजनीतिक दलको हकमा मिति २०७६।७।८ गतेबाट निर्वाचनको अन्तिम परिणाम प्राप्त नभएसम्म सामान्य आचरण र विषयगत आचरणका विषयहरू लागू गरिएको छ ।

३.  उम्मेदवारको हकमा निर्वाचनको मनोनयनपत्र दर्ता भएको मिति देखि निर्वाचनको अन्तिम परिणाम प्राप्त नभएसम्म सामान्य आचरण र विषयगत आचरण अन्तर्गत जुलस, आमसभा, र्‍याली, बैठक, भेला गर्दा पालना गर्नुपर्ने आचरण, सवारी साधन प्रयोग गर्दा पालना गर्नुपर्ने आचरण, प्रचार(प्रसारमा सञ्चार माध्यमको प्रयोग गर्दा पालना गर्नुपर्ने आचरण, निर्वाचन खर्च सम्बन्धी आचरण, मौन अवधिमा पालना गर्नुपर्ने आचरण, मतदानको दिन पालना गर्नुपर्ने आचरण र अन्य आचरण सम्बन्धी विषयहरू लागू गरिएको छ । 

४. आम सञ्चारका माध्यम निजी तथा गैर सरकारी संस्था तथा पर्यवेक्षकका हकमा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरेको मिति देखि निर्वाचनको अन्तिम परिणाम प्राप्त नभएसम्म आमसञ्चारका माध्यमले पालना गर्नुपर्ने आचरण, निजी तथा गैरसरकारी संस्थाले पालना गर्नुपर्ने आचरण र पर्यवेक्षकले पालना गर्नुपर्ने आचरण सम्बन्धी विषयहरू लागू गरिएको छ ।

५.  कर्मचारी सम्बन्धी आचरणका सम्बन्धमा प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्यको उपनिर्वाचन हुने जिल्लामा र स्थानीय तहको उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तहका कर्मचारीको सम्बन्धमा मात्र लागू हुनेछ । 

तर लोक सेवा आयोग, न्याय सेवा आयोग, शिक्षा सेवा आयोग, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा नेपाली सेनाद्वारा नियमित रूपमा हुने पदपूर्ति सम्बन्धी कारवाही गर्न वाधा पर्ने छैन। प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तह सदस्य उपनिर्वाचन हुने स्थानीय तहको हकमा मात्र लागू हुनेछ। 

६. निर्वाचन प्रचार प्रसारको सम्बन्धमा प्रचार प्रसारको क्रममा मोटर तथा सवारी साधनको प्रयोग गरी र्‍याली गर्न पाइने छैन।

(ख)   उल्लिखित उपनिर्वाचनमा आचार संहिता कार्यान्वयन तथा अनुगमन गर्नका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ मा व्यवस्था भए अनुसार प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तह सदस्य उपनिर्वाचन केन्द्रीय आचार संहिता समितिले अनुगमन तथा कार्यान्वयन गर्नेछ।

आचार संहिता पालना गर्नुपर्ने सरोकारवाला निकायहरूले विगतका निर्वाचनहरूमा जस्तै मंसिर १४ गते हुने उपनिर्वाचनमा निर्वाचन आचार संहिता, २०७२ र स्थानीय तह निर्वाचन आचार संहिता, २०७३ र नीतिगत निर्णयका प्रावधानहरूको पालना गरी स्वच्छ, निष्पक्ष र स्वतन्त्र निर्वाचन सम्पन्न गर्नेरगराउने कार्यमा सबैको सहयोगको अपेक्षा समेत गरिएको छ।                           
                                        
    

६ बर्ष अगाडि

प्रतिक्रिया