विप्लवसँग तत्काल वार्ता नहुने

६ बर्ष अगाडि

प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूह राष्ट्रघाती भएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बास्कोटा बताएका छन् । 
उनले अहिलेकै परिस्थितीमा वार्ताको कुनै औचित्य नरहेको पनि बताएका छन ।
उनले हिँसा नछाडेसम्म वार्ता नहुने र वार्ताको औचित्य पनि नरहने बताएका छन ।

उनले विप्लव समूहले वार्ताको नाममा जाँतो घुमाएजस्तो प्रतिबन्ध फुकुवा, जेलमा रहेका नेता कार्यकर्ता रिहा हुनुपर्ने जस्ता सर्त तेर्स्याएको पनि बताए ।

मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा उनले हिंसाको बलमा चन्दा सङ्कलन गरिरहेको बताउँदै विप्लवका गतिविधिले मुलुकको अहित गर्ने बताए । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया