रू २ करोड मूल्य पर्ने चोरीका गाडीमा नक्कली नम्बरप्लेट राखेर बिक्रि गर्दै गर्दा राजस्व अनुसन्धान विभाले पक्राउ गरेको छ ।
विभागले टोएटा कम्पनीको २ वटा फर्च्यून गाडी बरामद गरेको हो । फच्र्युन गाडीको एउटाको मूल्य रु १ करोड ६० लाख छ ।
चोरी गरेर ल्याएका ति गाडी बालाजु र कोटेश्वरबाट बरामद गरेको र गाडीसँगै विभागले नुवाकोटका ३ जना व्यक्ति समेत पक्राउ परेका छन् ।
तर पक्राउ पर्नेहरुको नाम भने गोप्य राखिएको छ ।
बरामद भएका ति गाडीमा गाडीको भारतीय नम्बर प्लेट परिवर्तन गरेर रातो नेपाली नम्बर प्लेट बा २१ च ४७१६ र बा २१ च ५५६२ नम्बर राखिएको थियो ।
पक्राउ परेकाहरुले हतार–हतारमा सेटिङमा कागजपत्रहरु मिलाएर उनीहरुले २ वटै गाडी ९० लाखमा बेच्न लागेको बखत पक्राउ परेको बताइएको छ ।
अहिलेसम्म नेपालमा बरामद भएका चोरीका गाडी मध्ये यी गाडीहरु सबैभन्दा महंगा गाडी भएको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए ।
उनका अनुसार विभागले ६/७ महिना अघिदेखि पछ्याइरहेको थियो ।
प्रतिक्रिया