महरासँग बयान सकिएन, अनुसन्धानका लागी थप तिन दिन माग

६ बर्ष अगाडि

 


निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान नसकिएपछि थप तिन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमती माग्दै प्रहरीले जिल्ला अदालमा पेश गरेको छ ।
महरासँग बयान नसकिएको भन्दै प्रहरीले म्याद थपका लागी उपस्थिती गराउन लागेको हो ।

यसअघि अदालतले थुनामा राखेर थप अनुसन्धान गर्न भन्दै पाँचदिनको म्याद थपेको थियो ।
संसद सचिवालयकी महिला कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयास गरेको अभियोगमा  महरा पक्राउ परेका थिए ।

२८ असोजमा पहिलोपटक अदालतमा पेश परेका महरालाई पक्राउ गरेको समयसहित १३ दिन थुनामै राखेर अनुसन्धान गर्ने अनुमति दिएको थियो ।
महरा १९ असोजमा पक्राउ परेका थिए ।

६ बर्ष अगाडि

प्रतिक्रिया