मालाको मूल्य बढ्यो

६ बर्ष अगाडि

 

यसवर्ष फूल तथा मालाको मूल्य बढ्ने भएको छ । फ्लोरीकल्चर एसोसिएसन अफ नेपाल (फ्यान) का अनुसार यो बर्ष १२ देखि १५ प्रतिशत फूलको मुल्य बढ्ने भएको हो । गतवर्षको तुलनामा बजारमा हरेक वस्तुको मूल्य वृद्धि भएकोले फूल तथा मालाको मुल्य पनि बढ्ने फ्लोरीकल्चर एसोसिएसन अफ नेपाल (फ्यान) ले बताएको छ ।  

गतवर्षको तुलनामा फूलमा १२ देखि १५ प्रतिशत मूल्य वृद्धि भएको छ । जसले गर्दा उपभोक्ताले एक मिटरको मालाको लागि उपभोक्ताले गुणस्तर हेरेर खुद्रा मूल्य एक सय रुपैयाँ सम्म तिर्नुपर्ने देखिएको छ । गत वर्ष एक मिटर मालाको मूल्य ६० देखि ८० रुपैयाँ थियो । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया