काठमाडौं – डाक्टर गोविन्द केसीको अनसनको विषयलाई प्रमुखताका साथ उठाएको कांग्रेसले संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्ने भएको छ ।
केसीको जीवन रक्षा र माग सम्बोधनको मागसहित संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव लैजान लागिएको कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए ।
संघीय संसदको बैठक आज दिउँसो एक बजेपछि बस्दैछ । सो बैठकमा कांग्रेसले प्रस्ताव दर्ता गर्नेछ ।
यसअघि बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकले गोविन्द केसी र गंगामायाँ अधिकारीको अनसनको विषयलाई सशक्त रुपमा उठाउने निर्णय गरेको थियो ।
कांग्रेस सरकारले तयार पारेको चिकित्सा शिक्षा विधेयकको कांग्रेसले विरोध विरोध गर्दै केसीको पक्षमा देखिएको छ ।
प्रतिक्रिया