ऋणपत्र निष्काशन गर्दै सनराइज बैंक

६ बर्ष अगाडि

सनराइज बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ। 

बैंकले एक हजार रुपैयाँ अंकित दरमा ३० लाख कित्ता  ऋणपत्र कार्तिक २० गतेबाट जारी गर्न लागेको हो।

बैंकले सर्वसाधारणहरुमा सार्वजनिक निष्काशनको माध्यमबाट  एक अर्ब २० करोड रुपैयाँको १२ लाख कित्ता ऋणपत्र बिक्री गर्नेछ भने बाँकी एक अर्ब ८० करोड रुपैयाँको १८ लाख कित्ता ऋणपत्र संस्थागत र व्यक्ति तवरबाट बिक्री गर्नेछ ।

सर्वसाधारणले ऋणपत्रमा न्यूनतम २५ कित्ता र अधिकतम ३ लाख कित्ताको लागी आवेदन गर्न सक्नेछन् ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया