नेपाली बजार अनुगमनमा चिनिया टोली

६ बर्ष अगाडि

 

उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिले चिनियाँ अधिकारीहरुलाई समेत सहभागी गराएर नेपालमा बजार अनुगमनको प्रयत्न गर्ने भएको छ ।

समितिका सभापति विमल श्रीवास्तवले बिहीबारको बैठकका संयुक्त रुपमा बजार अनुगमन गर्न प्रयत्न गर्ने जानकारी दिएका हुन् । 

बिहीबार समितिको बैठकमा चिनियाँ प्रतिनिधि र उपभोक्ता हित संरक्षण समितिका सदस्यहरुबीच बजार अनुगमनबारे अनुभव आदान प्रदान गरको थिए । 

बैठकमा चीनको राज्य प्रशासन तथा बजार अनुगमन उपमन्त्री ताङजुन नेतृत्वको प्रतिनिधिमण्डल सहभागी थियो । उनीहरुले बजार अनुगमनबारे आ–आफ्ना अनुभव सुनाएका थिए । नेपाली र चिनियाँ प्रतिनिधिहरुले बजार अनुगमन, उपभोक्ता अधिकार, खाद्य अधिकारलगायतका विषयमा जानकारी गराएका थिए । 

६ बर्ष अगाडि

प्रतिक्रिया