गाँउपालिकालाई १७ रोपनी जग्गादान

६ बर्ष अगाडि

थुलुुङ दुधकोसी गाँउपालिका –६ मुक्लिका एकाबहादुर गुरुङले गाँउपालिकालाई १७ रोपनी जग्गा प्रदान गरेका छन् । गाँउपालिका कार्यालय निर्माणका लागि गुरुङ परिवारले सोमबार सो गाँउपालिकाको नाममा सो जग्गा पास गरिदिएका छन् । 

स्थानीय सरकारका लागी १७ रोपनी जग्गादान गरेका ८४ वर्षीय एकाबहादुर गुरुङले समुदाय विकासका लागी फराकिलो सोच राखेको बताए । उनले भने, जग्गा धेरै भएर दिइएको होइन् ,विकासका लागी फराकिलो सोच बनाएको हो । आफ्नो ठाँउका लागी दान दिन पाएकोमा पुण्य कमाएको अनुभूति गरेको छु ।

गुरुङका छोरा जीवन गुरुङले गाँउपालिकाको कार्यालय स्थापनाका लागी उपयुक्त देखिएको स्थानको जग्गामा दिएको बताए । 

गाँउको विकासका लागी हामीले योगदान गर्यौं, उनले भने । सम्पूर्ण नागरिकले सकेको योगदान गरे मात्र गाँउको विकास सम्भव छ । गुरुङ परिवारले जग्गा प्रदान गर्ने निधो भएपछि सोही जग्गामा गाँउपालिकाले कार्यालयका लागि भवन निमार्ण गरिसकेको छ र नागरिकलाई सहज सेवा प्रदान गरिरहेको छ । यद्यपि ,केही पक्षले गाँउपालिकाको आफनो नाममा नभएको जग्गामा कार्यालय स्थापना गरेको भन्दै आलोचना गरिरहेका थिए । 

गाँउपालिका अध्यक्ष असिम राईले गाँउपालिकाको विकासबाट अत्तालिएकाहरुले अनावश्यक आलोचना गरेको दाबी गर्दै जग्गादाता गुरुङ परिवारलाई धन्यवाद दिएका छन् ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया