‘इज अफ डुइंग बिजनेस’ सुचीमा नेपालले मार्यो ठूलो फड्को,  नेपाल १६औं स्थानमाथि

६ बर्ष अगाडि

यस वर्ष विश्व बैंकले जारी गर्ने ‘इज अफ डुइंग बिजनेस’ सुचिमा नेपालले ठूलो फड्को मारेको छ ।

कारोबार सुरु गर्न कुन मुलुकमा कत्तिको सहज भन्ने देखाउन विश्व बैंकले सार्वजनिक गर्ने उक्त सूचीमा नेपालले अघिल्लो वर्षको तुलनामा १६ स्थानको छलाङ मारेको हो । 

सन् २०१८ मा नेपाल ११०औं रहेको नेपाल  सन् २०१८ मे १ देखि सन् २०१९ मे १ सम्मको सर्वेक्षणका आधारमा विश्वका १९० मुलुकको सूचीमा नेपाल ९४औं स्थानमा पुगेको छ ।

नेपाल यस अघि सन् २०१४ मा पनि ९४औं स्थानमा पुगेको थियो । 

त्यस्तै सन् २०१७ मा १०५ औं स्थानमा रहेको नेपाल २०१८ मा  ५ अंकले तल झरेर ११०औं स्थानमा रहेको थियो ।

सन् २००९ मा १२३औं स्थानमा रहेको नेपालले १० वर्षको अवधिमा कारोबारको सुगमतालाई देखाउने इन्डेक्सको सुचिमा  ठूलो फड्को मारेको छ ।

उक्त सूचीको पहिलो स्थानमा न्युजील्यान्ड रहेको छ भने १९०औं स्थानमा सोमालिया रहेको छ । 
आर्थिकन्यूजबाट
 

६ बर्ष अगाडि

प्रतिक्रिया