आलम प्रकरण : घाइतेलाई इँटाभट्टा पुर्‍याइएको ट्रयाक्टर फेला पर्यो !

६ बर्ष अगाडि

१२ वर्ष पछि पक्राउ परेका मोहम्मद अफ्ताव अलामले घाइतेलाई इँटाभट्टा पुर्‍याइएको ट्रयाक्टर  प्रहरीले बरामद गरेको छ ।

उक्त ट्रयाक्टर बुध कब्जा गर्न तयार पारेको बम विस्फोट हुँदा मारिएका भनिएका व्यक्तिलाई इँटाभट्टामा लैजान प्रयोग भएको थियो ।

बरामद ट्रयाक्टर आफताव आलमका भाइ मो। महताव आलमको भएको प्रहरीको दाबी छ । आलमका काका शेष इद्रिसको सानो घरमा बम विस्फोट भएको र घाइतेलाई ना १ त ६४७२ नम्बरको ट्र्याक्टरमा राखेर इँटाभट्टामा लगिएको थियो । उनीहरुलाई जलाएको आलममाथि आरोप छ ।

प्रहरीका अनुसार प्रमाण मेटाउने उद्देश्यले उक्त ट्रयाक्टर आलमका भाइ महतावले ०६७ असार २३ गते बेचेका थिए ।  
अन्नपूर्ण पोस्ट् दैनिकबाट

६ बर्ष अगाडि

प्रतिक्रिया