२ अर्ब ५६ करोड बराबरका विमान ल्याउँदै नेपाली सेना

६ बर्ष अगाडि

काठमाडौं – अमेरिकाको अनुदान सहयोगमा नेपाली सेनाले  ४ वटा स्काई ट्रक ९कार्गो विमान० ल्याउने भएको छ । 

विपत् व्यवस्थापनका लागि मानवीय सहयोगमा उपयोग गर्नेगरी ती विमान ल्याउन लागिएको हो । 

चारवटामध्ये पहिलो चरणमा आगामी डिसेम्बरमा दुई वटा विमान आइपुग्नेछन् ।

ल्याइन लागिएका विमान नेपाली रुपैयाँ करिब २ अर्ब ५६ करोड बराबर मूल्यका रहेको नेपाली सेनाले जनाएको छ ।

छोटो धावनमार्गमा पनि ल्यान्ड र टेकअफ गर्न सक्ने ती विमान आपतकालीन उद्धारको समयमा बढी उपयोगी मानिन्छन् ।
कारोबार दैनिकबाट
 

६ बर्ष अगाडि

प्रतिक्रिया