तिहारका सामान बेच्ने पसलमा मूल्य सूची नराख्नेमाथी धमाधम कारबाही शुरु भएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन गरेर मूल्य सूची नै नराखेर उपभोक्ता ठग्नेहरुलाई कारबाही गरेको हो ।
तिहारमा व्यवसायीबाट हुनसक्ने ठगी रोक्न विद्युुतीय सामाग्रीहरु, मसला तथा कपडा कारोवार गर्ने व्यवसायीक संस्थाहरुमा अनुगमन तिब्र पारी कैफियत देखिएकालाई कारबाही गरिएको विभागका अनुगमन शाखा प्रमुख निरज खत्रीले जानकारी दिए ।
उनका अनुसार उपत्यका भित्र र बाहिर छुट्टाछुट्टै टोली बनाएर अनुगमन गरिएको छ ।
“उपत्यकामा दरवारमार्ग, सिभिल मल,रञ्जना मल, बिजी मल, न्युरोड बानेश्वर, कलंकी, चावहिल लगायतका क्षेत्रको अनुगमन गरिएको छ”, उनले भने, “२ जना अधिकृतको नतृत्वमा एक टोली काभ्रे र सिन्धुलीको अनुगमनमा गएको छ भने अर्को टोली चितवन र तनहुँको अनुगमनमा गएको छ ।”
तिहारमा विद्युतीय झिलिमिली बत्तिको माग उच्च हुने गरेका छ । त्यस्तै मसला, फूल र कपडाहरुको कारोबार पनि तिहारमा धेरै हुन्छ । उपभोक्ताले किन्ने ती सामाग्रीमा व्यवसायीले कालोबजारी गर्ने, चर्को शुल्क लिने वा गुणस्तरहीन बस्तु बिक्री गर्ने पसललाई कारबाही गरिएको विभागका सूचना अधिकारी खगेन्द्रराज जोशीले जानकारी दिए ।
उनका अनुसार काठमाडौंका विभिन्न विद्युुतीय समाग्री कारोवार गर्ने ७ ओटा व्यवसायीक संस्थाहरु कारबाहीमा परेका छन । “अधिकांश व्यवसायीक संस्थाहरुहले मुल्यसूची नराखी कारोबार गरेको पाईएकोले कारबाही गरिएको हो ”, उनले भने ।
गत असोज ३ गते गरिएको अनुगमनमा मूल्य सुचि नराखि कारोवार गर्ने व्यवसायीबाट रु १ लाख ६० हजार र असोज २९ मा गरिएको अनुगमनबाट रु ४ लाख ५० हजार जरिवाना स्वरुप उठाईएको पनि उनले जानकारी दिए ।
विभागले न्युरोड क्षेत्रमा प्याकेजिङ्ग अनुमती नलिई मसला प्याकिङ्ग गर्ने ६ व्यबसायीहरुलाई पनि कारवाही गरिएको छ ।
कारवाही परेकोलाई ७ दिनभित्र विभागमा उपस्थित भएर स्पटिकरण दिन विभागले अनुरोध गरे पनि कतिपय व्यबसायीले अटेर गर्ने गरेको शाखा अधिकृत खत्रिले बताए ।
उनका अनुसार विभागको अुगमनका क्रममा रन्जना सिनेमा, बिजी महलमा व्यबसायीहरुले अबरोध गरिएको छ । अनुगमन आएपछि पसल बन्द गर्ने, अनुगमन गर्न नदिने लगाएतका अवरोध गरेका थिए ।
बिजी महल, रन्जना सिनेमा लगायतका क्षेत्रमा केहि व्यापारिक सँस्थाहरुले अबरोध गरेका छन । ” उनले भने ।
अबरोध गर्नेलाई २० हजार जरिवाना गरिने पनि उनले बताए । अटेर गर्ने व्यबसायीको वस्तुहरु सिल गर्ने पनि उनले जानकारी दिए ।
तीन महिनामा ५ सय ९१ व्यबसायी कारबाहीमा
विभागले चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा ५ सय ९१ व्यबसायी कारबाही गरेको छ ।
असोज मसान्त सम्म ५७८ र कर्तिक १ गते १४ ओटा र कार्तिक ३ गते थप ७ ओटा गरि जम्म ५९१ व्यवासायी उपभोक्ता हित बिरुद्द काम गरेको अभियोगमा कारबाहीमा परेको विभागको तथ्यांक छ ।
यो अवधिमा विभागले उपभोक्ताहित विपरित काम गर्ने व्यवसायीलाई ४२ लाख १५ हजार जरीवाना पनि गरेको छ।
प्रतिक्रिया