निजि विद्यालयको छानो खस्दा ३९ विद्यार्थी घाइते

६ बर्ष अगाडि

काठमाडौंको तारकेश्वर नगरपालिका–३ जितपुरमा एक निजी विद्यालयको छानो भत्किँदा ३९ जना विद्यार्थी घाइते भएका छन् ।

जितपुरमा रहेको विद्याकुञ्ज इंग्लिश सेकेन्डरी बोर्डिङ स्कुलको छानो भत्किँदा कक्षा कोठाभित्र रहेका विद्यार्थी घाइते भएका हुन् । 

महानगरीय प्रहरी परिसर काठमाडौंकाले दिएको जानकारी  अनुसार घाइते सबैको उद्धार गरेर मेडिसिटी अस्पताल लगिएको छ । सबै घाइतेको अवस्था सामान्य रहेको पनि प्रहरीले जानकारी दिएको छ ।विद्यालयको ट्रसको छानो कमजोर भएकाले खसेको हुनसक्ने अनुमान प्रहरीको छ । 

 

६ बर्ष अगाडि

प्रतिक्रिया