आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ

६ बर्ष अगाडि

छोरीलाई बलात्कारको आरोपमा प्रहरीले वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका–११ श्रीपुरका ४० वर्षीय युवकलाई पक्राउ गरेको हो । उनले मादक पदार्थ सेवन गरी सोमबार १५ वर्षीया छोरी बलात्कार गरेको प्रहरीले जनाएको छ ।

सोमबारको घटनापछि राति ११ बजे टोलमा होहल्ला भएको थियो । मंगलबार बिहान प्रहरीमा उजुरी परेलगत्तै प्रहरीले किशोरीका बाबुलाई पक्राउ गरेको हो ।

किशोरीकी आमा रोजगारीका सिलसिलामा कुवेतमा छिन् । 

वीरगञ्ज–११ वडा अध्यक्ष प्रधुम्न सेढाईंले छोरीको आरोपपछि प्रहरीले बुवालाई प्रक्राउ गरी लगेको जानकारी दिए ।

६ बर्ष अगाडि

प्रतिक्रिया