जुम्लामा यतिबेला मार्सी धान पाक्ने बेला भएको छ । १२ सय वर्ष जुम्लामा पहिलो मार्सी उत्पादन भएको तातोपानीको लाछु जिउलादेखि विश्वकै अग्लो स्थानमा मार्सी फल्ने छुुमचोैरमा धानका बाला झुलेका छन् ।
घरमा मार्सी भित्राउनका लागी भने परिपक्क भएको अवस्था छैन् । तर जुम्लाका किसानले हतारमा नपाकेको काँचो मार्सीधानलाई भित्राउन थालेका छन् । चन्दननाथ नगरपालिका भित्रको छिना ज्युलोमा असोज २४ गतेबाटै धान काट्न सुरु गरिएको छ । तर कृषि विज्ञहरुले हतारमा मार्सी भित्राउँदा उत्पादनमा गिरावट आउने बताउँछन् ।
कृषि अर्थविद् बालकराम देवकोटा भन्छन्, ढिलोको कार्तिक दोस्रो हप्ताबाट मार्सी भित्राउनु पर्छ । तर किसानले आफ्नो कामको बेस्थता हेरी बाली पाकेको नपाकेको ख्याल नगरी धान काट्न लागेको उत्पादन घट्ने बताए ।
राट्रियस्तरमा चर्चामा रहेको जुम्ली मार्सीको महिमा कायम राख्नका लागी किसानले परिपक्क भएको,रातो रंग लिए पोषिलो नहुन्जेल धान काट्न नहुने सुझाब दिए । चामल नबनी सकेको अवस्थामा धान काट्न पछि चामल धुलिने टुक्रा हुने र समग्रमा उत्पादन घट्ने भएकोले ध्यान पुर्याउनुपर्ने देवकोटाको भनाई छ ।
चन्दनाथ नगरपालिका ४ की कल्पना नेपालीले ढिलो गर्दा कहिले असिना आउने, फुजी किराको संक्रमण हुने, हरेक वर्ष मार्सीमा ब्लाष्ट रोगले आक्रमण गर्दा सोचेअनुसार धान फल्न नसकेको बताइन् ।
मार्सीमा हुने सम्भावित जोखिम न्यूनिकरणका लागी कुनै उपाय नहुँदा हतारमा मार्सी भित्राउन लागेको अर्को किसान अज्बीरे सार्कीले बताए ।
प्रतिक्रिया