काठमाडौं– कीर्तिपुरको बाघभैरवस्थित गुठीको जग्गामा रेस्टु्रेन्ट संचालनका लागि भौतिक संरचना निमार्ण चालिएपछि विवाद भएको छ ।
नाच प्रशिक्षण गराउने जग्गामा लहना रेस्टुरेन्ट पिलर उठाउन डण्डीसमेत विछ्याइसकेको छ । कीर्तिपुर नगरपालिका–१ स्थित कित्ता नम्वर १०३ को १ आना ३३ पैसा क्षेत्रफलमा रहेको जग्गामा भवन बनाउन लागिएपछि संस्कृतिविद्द र सरकारवोलाहरुको विरोध जनाएका छन् । बाघभैरव माली गुठी, कीर्तिपुर आँग छेँ, दे गुठी, कजी खला र नाचसँग सम्बन्धित संस्थाहरुले उक्त कार्य नरोकिए कीर्तिपुरमा कुनैपनि सांस्कृतिक गतिविधिहरुमा भाग नलिने चेतावनी दिएका छन् । यो समाचार आजको कान्तिपुरमा छापिएको छ
प्रतिक्रिया