उपनिवार्चनमा साझा पार्टीले उठायो यस्तो उम्मेदवार....

६ बर्ष अगाडि

रवीन्द्र मिश्र नेतृत्वका साझा पार्टीले आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि पोखरा निर्वाचन क्षेत्र नम्बर २ का लागि पार्टीको तर्फबाट केन्द्रीय सदस्य रजनी केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

यही कार्तिक ५ र ६ गते पोखरामा सम्पन्न साझा पार्टीको केन्द्रीय समितिको बैठकले पोखरा महानगरपालिका निवासी केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सांसद रवीन्द्र अधिकारीको निधन भएपछि कास्की–२ मा उपनिर्वाचन हुन लागेको हो । साझा पार्टीले उपनिर्वाचन हुन गइरहेका अन्य रिक्त पदका लागि पनि विधिविधान अनुसार क्रमिक रूपमा उम्मेदवार चयन गर्ने जनाएको छ ।

कास्की क्षेत्र नं २ मा साझा पार्टीको उम्मेदवार रजनी केसी लामो समयदेखि समाज रूपान्तरणका लागि सामाजिक, धार्मिक र राजनीतिक रूपमा लागि परेकी अभियानकर्ता भएको साझा पार्टीले जनाएको छ । उनले सुरक्षित मातृत्व सञ्जाल महासङ्घ, नेपाल परिवार नियोजन सङ्घ लगायत विभिन्न सङ्घ, संस्थाहरुमा नेतृत्वदायी जिम्मेवारी सम्हाल्नुका साथै लामो समय विभिन्न तह र तप्कामा रहेर राजनीतिक अनुभव बटुलेकी छन्।

६ बर्ष अगाडि

प्रतिक्रिया