चाबहिलबाट चुच्चेपाटी जाने बाटोको मूल सडकमा रहेको पुरानो घर भत्किँदा दुई जना घाइते भएका छन्। उक्त घर भत्काउने क्रममा आफै भत्किएको थियो ।
बुधबार दिउँसो पुरानो घरलाई भत्काउँदै गर्दा एक्कासी घर भत्किँदा दुई जना घाइते भएका प्रहरीले जनाएको हो।
घाइतेको उपचारका लागि चाबहिलस्थित दिर्घायु अस्पतालमा भइरहेको गौशालाका डिएसपी प्रदीप कुमार सिंहले जानकारी दिए।
उद्धार कार्य जारी रहेको सिंहले बताए।
घटनाको थप विवरण आँउन बाँकी रहेको पनि उनले बताए।
प्रतिक्रिया