मेसिन बिग्रिएपछि स्टोरमै कुहियो लाखौं मुल्यको सामाग्री

६ बर्ष अगाडि

झापाको बिर्तामोड गरपालिकामा रहेको रोयल कोल्ड स्टोरेजमा राखिएको लाखौं मुल्यको कृषिजन्य सामाग्री कुहिएको छ । स्टोरेज सचालकको लापरवाहीका कारण भण्डारण गरेको लाखौं मुल्यको कृषिजन्य सामाग्री कुहिएको हो । 

तीन दिनदेखि मेसिन बिग्रिएकाले कृषक तथा व्यवसायीले राखेको लाखौं मुल्यका कृषिजन्य सामाग्री कुहिएको हो । आलु खनेर गोदाममा ल्याए राखेका किसान बिउ रोप्ने बेलामा कुहिएको पाएपछि निरास बनेका छन् । अब आलुको बीउ बजारमा समेत नपाउने चिन्ता उनीहरुमा बढेको बताउँछन् ।

झापा गाँउपालिकाको न्यू देउमाई कृषि सहकारी संस्थाले स्टोरेजमा ५ सय २४ बोरा आलु भण्डारण गरेको थियो । अधिकाशं आलु काम नलाग्ने भएको सहकारीका लेखा समिति संयोजक शरदकुमार तिमिल्सिनाले बताए । प्रत्येक बारामा ५० केजी आलु छ ,तीनबोरा आलु छान्दा एक बोरा मात्र प्रयोग गर्न सकिने अवस्थाको पाइयो तिम्सिनाले भने,तर उक्त आलुको ल्याब परीक्षण गर्दा ढुसी लागेको भेटियो ,यसमा उमार शक्ति कम हुने, उम्रिएपछि बोट डढ्ने ,उपचार महङ्गो हुने लगायतका समस्या आउने रहेछन् ।

सहकारीले भण्डारण गरेको ५ सय २४ बोरा आलुमा २ सय ७७ बोरा सहकारीले नै रोप्ने र २ सय ७४ बोरा आलुको बिउ बिक्री गर्ने लक्ष्य राखेको उनले बताए । १६ लाख ५० हजार रुपैयाँ बराबरको आलुको बिउ नष्ट भएको छ, क्षतिपूर्ति दिन्छौं भनेको छ तिम्सिनाले भने क्षतिपूर्ति पाएपनि यो जातको बिउ नपाउने चिन्ता हामीमा छ । 

आलु रोप्नका लागी अन्य बाली नलगाई जमिन खाली राखेका थियौं ,स्टोरेजको लापरवाहीले आलुमात्र कुहिएन सहकारीको बचत ,शेयर,लगानी र फाइदा समेत डुब्यो, तिमिल्सिनाले भने । सहकारीले काभ्रेको पाँचखालबाट आलुको मुल बिउ ल्याएर खेती सुरु गरेको थियो । यो समाचार आजको कारोबार दैनिकमा छापिएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया