गँगालाल हस्पिटलमा मृत्यु भएकी श्रीमतीको शव घर फर्काउदै गर्दा दुर्घटनामा परि उनका श्रीमान् सोभित शाहको पनि मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सोभितसहित ६ जना चढेको एम्बुलेन्स मंगलबार बिहान विपी राजमार्गको नमोबुद्ध नगरपालिका ५ लासकोटमा दुर्घटना भएको छ । दुर्घटनामा एम्बुलेन्समा सवार ६ जना घाइते भएका छन् ।
दुर्घटनामा घाइते भएका साहलाई थप उपचारको लागि अन्नपूर्ण न्योरो अस्पताल काठमाडौं लगिएको थियो । उनको उपचारको क्रममा मंगलबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
अन्य घाइतेहरूको भने धुलिखेल अस्पतालमा उपचार भइरहको प्रहरीले जनाएको छ । एम्बुलेन्स चालक देवराज श्रेष्ठलाई भने उपचारपछि जिल्ला प्रहरी कार्यालय काभ्रेमा अनुसन्धानको लागि राखिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया