झापामा आजभन्दा २० वर्ष पहिले एक युवतीको बलात्कारपछि हत्या गरेको अभियोगमा झापा चन्द्रगढी ३ का ४२ वर्षीय लीलाराज गौतम अमेरिकामै पक्राउ गरेर नेपाल ल्याइएको छ।
दशकदेखि अमेरिकामा बसोबास गर्दै आएका गौतमलाई इन्टरपोल वाशिंटनको सक्रियतामा सन् २०१८ फेब्रुअरी १३ मा पक्राउ गरी अमेरिकाकै हिरासतमा राखिएको थियो ।
नेपाल प्रहरीले गरेको निरन्तरको पत्राचारपछि अमेरिकी अध्यागमनका न्यायाधीशले सन् २०१८ सेप्टेम्बर ५ मा उनलाई नेपाल पठाउने आदेश दिएका थिए ।
सोही आदेश अनुसार उनलाई टर्कीस एयरबाट बुधबार काठमाडौं ल्याइएको हो ।
प्रतिक्रिया