उपनिर्वाचन बहिस्कार गर्ने क्रान्तिकारी माओवादीको घोषणा

६ बर्ष अगाडि


यसअघिको स्थानिय प्रदेश र प्रतिनिधी सभाको निर्वाचनमा भाग लिएको पार्टी नेपाल कम्युनिष्ट पार्टी ( क्रान्तिकारी माओवादी) ले अब हुने उपनिर्वाचन भने बहिस्कार गर्ने भएको छ । 
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव मोहन बैद्य किरणले अब हुने कुनै पनि तहको उपनिर्वाचनमा भाग नलिने घोषणा गरेका हुन् ।

‘अहिलेको सरकार बन्दाम अवस्थामा छ’–उनले भने–‘गतल क्रियाकलापको विरोध गर्दै हामीले उपनिर्वाचनलाई बहिस्कार गरेका हौं ।’ जनताको समस्या समाधान गर्ने तर्फ सरकारले कुनै ध्यान नदिएको उनले बताए ।  आफ्नो पार्टीले उपनिर्वाचको समयमा विरोधका कार्यक्रम गर्ने उनको भनाइ छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया