पेट्रोल पम्प सञ्चालकको गोली हानी हत्या

६ बर्ष अगाडि

जनकपुरमा एक जनालाई गोली हानी हत्या गरिएको छ । 

शिव आयल पेट्रोल पम्पका सञ्चालक मनोज साहको गोली हानी हत्या भएको हो । 

४० बर्षीय  साहलाई स्थानीय मुजेलियाका पंकज चौधरीले गोली हानी हत्या गरेका हुन् । 

चौधरीसँग पैसा उठाउन जाँदा विवाद भई चौधरीले पेस्तोलबाट गोली प्रहार गर्दा साहको घटनास्थलमै मृत्यु भएको बताइएको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया