को बन्ला राष्टबैंकको १७ औ गभर्नर ?

६ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकका गभर्नर डां. चीरञ्जीवी नेपालले यस वर्ष अवकाश पाउँदैछन् । उनले अवकाश पाउन पाँच महिना बाँकी छदै नयाँ गभर्नरको लागी दौडधुप भने सुरु भइसकेको छ ।

राष्ट्र बैंकको गभर्नर अर्थमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्ले नियुक्ति गर्नुपर्छ । आकांक्षीहरूले सत्तारूढ दलका शीर्ष नेताको ढोका चहार्ने क्रम अहिले बाट नै सुरु भैसकेको छ  । स्रोतका अनुसार गर्भनरका लागि अहिले नै आधा दर्जन आकांक्षी देखा परेका छन् ।

डा. नेपाल, नेपाल राष्ट्र बैंकका १६ औं गभर्नर हुन् । उनी ४ वर्षअघि नियुक्त भएका थिए । प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले उनलाई गभर्नर नियुक्त गरेको थियो । नेपालको कार्यकाल आगामी चैतमा सकिँदैछ ।

राष्ट्र बैंक सञ्चालक समितिको अध्यक्ष गभर्नर नै रहन्छ भने उक्त समितिको सदस्य अर्थमन्त्रालयका सचिव हुने व्यवस्था छ ।
वरीयतामा गभर्नर नेपाल सरकारको सचिवभन्दा माथि हुने व्यवस्था रहेको छ । 

गभर्नरका लागि आंकाक्षा राख्ने पहिलो नम्बरमा वर्तमान डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी छन् । ०४४ मा राष्ट्र बैंकको प्रमुख सहायक पदबाट करियर सुरु गरेका सिवाकोटी १९ फागुन ०७२ मा डेपुटी गभर्नर बनेका थिए । ०७२ भदौमा कार्यकारी निर्देशकमा बढुवा भएका उनलाई सरकारले डेपुटी गभर्नरमा नियुक्त गरेको थियो । उनले वित्तीय व्यवस्थापनमा स्नातकोत्तर गरेका छन ।

गभर्नरका अर्का आकांक्षी हुन्, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी । ३० वर्ष राष्ट्र बैंकमा काम गरेको अनुभवी अधिकारी राष्ट्र बैंककै पूर्वडेपुटी गभर्नर हुन् ।  उनी 

राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट अवकाशप्राप्त भास्करमणि ज्ञवाली पनि गभर्नरको दाबेदारका रूपमा छन् । उनले आफू गभर्नरको दाबेदार भए पनि राजनीतिक लबिङ भने नगरेको बताए । 
यीबाहेक अन्य अनुहारले पनि गभर्नर हुने लालसा देखाएका छन् । राष्ट्र बैंक सञ्चालक समिति सदस्य सुवोध कुमार कर्ण, नेपाल बैंकका अध्यक्ष वासुदेव अधिकारीले समेत आकांक्षा राखेको चर्चा बैंक तथा वित्तीय क्षेत्रमा छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया