दुई करोड ७८ लाख नेपालीको व्यत्तिगत निक्षेप खाता

६ बर्ष अगाडि

बैंकिङ क्षेत्रमा व्यत्तिगत निक्षेप खाताको संख्या बढ्दै गएको छ ।

हाल वाणिज्य बैंक, बिकाश बैंक, र वित्त कम्पनीहरुमा खोलीएको व्यत्तिगत निक्षेप खाताको संख्या दुई करोड ७८ लाख ६७ हजार रहेको छ ।

राष्ट्र बैंकका अनुसार २०७६ असार मसान्त सम्ममा उक्त संख्यामा व्यत्तिगत निक्षेप खाता खोलीएको हो ।

यस अघि २०७५ असार मसान्तमा व्यत्तिगत निक्षेप खाताको संख्या दुई करोड ३५ लाख ४५ हजार रहेको थियो ।

तर व्यत्तिगत निक्षेप खाता अत्याधिक भई रहँदा बैंकिङ क्षेत्रमा कर्जा खाता संख्या भने निकै कम रहेको पाइएको छ ।

राष्ट्र बैंकका अनुसार यस वर्षको असार मसान्त सम्म वाणिज्य बैंक, बिकाश बैंक, र वित्त कम्पनीहरुमा कर्जा खाता भने १४ लाख ४० हजार मात्र रहेको छ ।

अघिल्लो वर्षको असार मसान्तमा उक्त खाताको संख्या १३ लाख एक हजार रहेको थियो ।

 

६ बर्ष अगाडि

प्रतिक्रिया