खनाल र थापाले यसरी जोगाए आरोपित

६ बर्ष अगाडि

काठमाडौं – गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक ९आईजीपी० सर्वेन्द्र खनालले  बिप्लब समूहका नेता कुमार पौडेल मारिएको विषयमा  गलत (ब्रिफिङ) गरेको पाइएको छ। 

 गत असार ५ गते चन्द समूहका सर्लाही इन्चार्ज पौडेल मारिए  पछि असार ९ गते डाकिएको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री थापा र आईजीपी खनालले मुठभेड (इन्काउन्टर) भएको दाबी गरेका थिए। 

तर थापा र खनालको उक्त दाबीलाई राष्ट्रिय मानव अधिकार आयोगको अनुसन्धानले गलत भनेको छ । 

आयोगले पौडेलको हत्यामा संलग्न र गोली हान्न आदेश दिनेमाथि फौजदारी कसुरमा कारबाही गर्न सरकारलाई निर्देशनसमेत दिएको छ। 

 कान्तिपुर दैनिकबाट

६ बर्ष अगाडि

प्रतिक्रिया